कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो !

२०७७ मंसिर १९ गते, शुक्रबार

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख पुगेको छ भने संक्रमितको संख्या ६ करोड ४८ लाख पुगेको छ । जसमध्ये ४ करोड ४९ लाख संक्रमणमुक्त भएका छन् । एक करोड ८४ लाख सक्रिय संक्रमित छन् । विश्वमा सबैभन्दा बढी अमेरिकामा २ लाख ७९ लाखको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यहाँ एक करोड ४३ लाख संक्रमित संख्या छ ।
भारतमा ९ लाख ५३ हजार संक्रमित मध्ये एक लाख ३८ हजारको मृत्यु भएको छ । ब्राजिलमा ६४ लाख संक्रमितमध्ये एक लाख ७४ हजारको मृत्यु भएको छ । रुसमा २३ लाख संक्रमितमध्ये ४१ हजारको मृत्यु भएको छ । फ्रान्समा २२ लाख संक्रमितमध्ये ५३ हजारको मृत्यु भएको छ ।
नेपालमा २ लाख ३६ हजार २ सय ४६ संक्रमितमध्ये १५ सय ३८ को मृत्यु भएको छ ।

प्रतिक्रियाहरु