इरानले परमाणु क्षेत्रमा अनुगमनमा रोक लगाउने !

२०७७ मंसिर १८ गते, बिहीबार


काठमाडौं । इरानको संसदले युरेनियमको उत्पादन बढाउने तथा संयुक्त राष्ट्रसंघीय अनुगमनकर्तालाई आफ्नो परमाणु क्षेत्रमा अनुगमनमा रोक लगाउने सम्बन्धी कानून पारित गरेको छ । नयाँ कानून पारित गरेसँगै उसले युरेनियमको उत्पादन थप बिस्तार गर्ने बाटो खुलेको छ ।
अबको दुई महिना भित्र आफूमाथि लगाइएका प्रतिबन्ध फुकुवा नभएमा युरेनियमको उत्पादन २० प्रतिशतसम्म बिस्तार गर्ने इरानले जनाएको छ ।
इरानका राष्ट्रपति हसन रुहानीले आफू सो कानूनको विपक्षमा रहेको बताएका छन् । शीर्ष परमाणु वैज्ञानिक मोहसेन फाख्रिजादेहको हत्या भएपछि नयाँ कानून ल्याइएको हो । उनको हत्यामा इजरायलको हात रहेको इरानको आरोप छ । तर इजरायलले यसबारे सार्वजनिक रुपमा केही बताएको छैन । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु