ए डिभिजन क्लबले एएफसीमा खेल्न नपाउने

२०७७ मंसिर १६ गते, मंगलवार

काठमाडौ । नेपालमा रहेका १३ वटा ए डिभिजन लिगका टोलीले एसियाली फुटबल महासंघ एएफसीका प्रतियोगिता खेल्न नपाउने भएका छन् । ए डिभिजन क्लबको मापदण्डभित्र पर्न नसकेको भन्दै एएफसीले प्रक्रियामा गएका सबै क्लबलाई मान्यता नदिएपछि एसियाली स्तरमा प्रतियोगितामा नेपाली क्लबले भाग लिन नपाउने भएका हुन् । एएफसीले क्लबहरुको गतिविधि, एकेडेमी, खेलाडी, प्रशिक्षक र अफिसियल अनुबन्ध लगायत लाई आधार मान्दै अनुमति दिने गरेको छ । त्यसबाहेक क्लबको वार्षिक, बजेट क्लबहरुको घरेलु मैदान हुनुपर्ने होस्टेल, छुट्टै प्रशिक्षणस्थल रहनुपर्ने लगायतका आधारमा पनि रहेका छन । क्लब लाईसेन्सका लागि नेपालका १४ मध्ये १३ क्लबले दिएको आवेदन यसबर्ष पनि एएफसीले खारेज गरिदिएको हो । आवश्यक मापदण्ड तथा डकुमेन्ट पनि उपलब्ध गराउन नसकेका कारण एएफसीले नेपाली क्लबलाई अनुमति नदिएको अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले जनाएको छ । एन्फाका अनुसार पछिल्लो निर्णयले नेपालका ए डिभिजन लिगका सबै टोलीले सन् २०२१ भर एएफसीका कुनै पनि प्रतियोगिता खेल्न पाउने छैनन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु