परमाणु वैज्ञानिक फाखरिदेहको हत्या

२०७७ मंसिर १३ गते, शनिबार


काठमाण्डौ । इरानको राजधानी तेहरान नजिकै वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिदेहको हत्या भएको छ । दामाभान्द काउन्टीको अब्सार्दमा भएको आक्रमणमा गम्भीर घाइते भएका उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । इरानका विदेश मन्त्री मोहम्मद जावाद जारिफले पुष्टि गरेका छन् । उनले घटनालाई आतंकवादको संज्ञा दिएका छन् । इरानको परमाणु कार्यक्रमको मुख्य वैज्ञानिक रहेको वरिष्ठ वैज्ञानिकको हत्या भएको हो । उनलाई इरानी बमको पिताका रुपमा चिनिने गरिन्थ्यो ।
यसअघि सन् २०१० र २०१२ को बीचमा चार इरानी परमाणु वैज्ञानिकको हत्या भएको थियो । इरानले आफ्नो परमाणु कार्यक्रम विशुद्ध रुपमा शान्तिपूर्ण प्रयोजनका लागि रहेको दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले त्यसको आलोचना गर्दै आएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु