भारतमा ‘चलो दिल्ली’ नारासहित हजारौ किसान सडकमा उत्रिए

२०७७ मंसिर १२ गते, शुक्रबार

काठमाडौं । भारतमा चलो दिल्ली’ नारासहित ५० हजार किसान सडकमा उत्रिएka छन । सरकारी कानुनको विरोधमा सडकमा उत्रेका किसानले आन्दोलनको पहिलो रात सडकमै बिताएका छन्। कृषि कानुनको विरोधमा नयाँदिल्लीसम्म पुगेर प्रदर्शन गर्ने लक्ष्यका साथ उनीहरु सडकमा ओर्लिएका हुन्। उनीहरुलाई फर्काउने प्रयास प्रहरीले धेरै गरेको थियो। तर उनीहरु निरन्तर अघि बढिरहेका छन्। ‘चलो दिल्ली’ नारासहित ५० हजार किसान सडकमा उत्रिएका छन्। सडकमा जनता थपिने क्रम जारी रहेको जनाईएको छ । ५० हजारको संख्यामा हरियाणाबाट उनीहरु दिल्लीतर्फ मार्च गरिरहेका हुन्। यस्तो मार्च अन्य शहरहरूबाट पनि सुरु भएकाले दिल्लीमा ठूलो मात्रामा किसानहरुको जमघट हुने देखिएको छ। कोरोना महामारीका बीचमा यत्रो संख्यामा जुलुस र प्रदर्शन भए पनि नरेन्द्र मोदी सरकार अप्ठेरोमा पर्ने देखिएको छ। यो प्रदर्शनका कारण कोरोना संक्रमण थप अनियन्त्रित हुने देखिएको छ।
प्रहरीले उनीहरुमाथि बल प्रयोग गरेको छ। तर उनीहरु त्यसलाई सहँदै अघि बढिरहेका छन्। प्रहरीले किसानलाई रोक्न अश्रु ग्याँस, पानीको फोहोरा र सडक अवरोध गरेको थियो । प्रहरीसँग झडपको क्रममा पानीको फोहोरा, टियर ग्यास र रबरका गोली समेत प्रहार भएको छ । हिजो बिहीबार दिनभर प्रदर्शन गरेका उनीहरुलाई दिल्लीको सिमानामा पर्ने एउटा पुलबाट प्रहरीले अघि बढ्न दिएको छैन । गत बुधबारदेखि नै उनीहरुले दिल्लीका लागि मार्च गरेकोमा प्रहरीको अवरोधपछि सिमानामा रोकिएका छन्। तर बिहीबार दिउँसो दुई घण्टा लामो झडपको क्रममा ठूलो हताहत भएको विविसी हिन्दीले जनाएको छ । दिल्लीको सिमाना नजिकै २०० किमि टाढा पर्ने पुलमा किसानहरु रोकिएका छन् । उत्तर प्रदेश, हरियाणा, उत्तराखण्ड, राजस्थान, केराला र पन्जाबका किसानहरु प्रदर्शनमा सहभागी छन्।
केन्द्रीय कृषि मन्त्री नरेन्द्र सिह तोमोरले किसानसँग वार्ता गर्न तयार रहेको भन्दै आन्दोलन स्थगित गर्न आग्रह गरेका छन्। उनले सरकार वार्तावाटै किसानहरुको माग सम्वोधन गर्न तयार भएकाले आन्दोलनमा उत्रन आवश्यक नभएको बताएका छन्।

प्रतिक्रियाहरु