पोखरामा प्याराग्लाइडिङ गर्ने ताँती

२०७७ मंसिर ६ गते, शनिबार


काठमाडौं । करिब ६ महिनादेखि ठप्प रहेको पर्यटकीय क्षेत्र पोखरामा प्याराग्लाइडिङ गर्नेको ताँती लागेको छ । हाल फेवाताल माथिको आकाश नै ढाकिने गरी ग्लाइडर फन्कोले पर्यटन प्रवद्र्धनमा केहीभए पनि सघाउ पुगेको पर्यटन व्यवसायीहरु बताउँछन् । सुरुमा नगन्य उडान रहेकोमा हाल आधा छुट दिएका कारण अचेल दैनिक ६ सयसम्म उडान हुने गरेको प्याराग्लाइडिङ संचालकहरुको संस्था नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ । आकाशमा चराझैं घुम्ने रहर पालेकाहरु थप आकर्षित हुँदै गएकाछन् । उड्नेहरु साना केटाकेटीदेखि वृद्धावृद्धासम्म छन् । विगतमा सात हजार रुपैयाँ खर्चिनु पर्नेमा अहिले छुट पाउँदा तीन हजार रुपैयाँमा फेवातालमा हाावा खाँदै माछापुच्छे्रको स्पर्शमा लिन पाइन्छ ।
मौसमको साथ, भारी छुट, फुर्सद सदुपयोग गर्दै मानिसहरु काठमाडौं, चितवन, बुटवल, धरान र पाल्पा लगायत टाढाटाढाबाट यहाँ आउने गरेका छन् । विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकले अहिले यो व्यवसाय चलायमान भएको छ । मानिसको भिडले व्यवस्थापन गर्नसमेत हम्मेहम्मे परेको विभिन्न कम्पनी संचालकको भनाइ छ ।

प्रतिक्रियाहरु