भारतीय कम्पनीद्वारा जुनसम्ममा कोरोनाविरुद्धको भ्याक्सिन तयार गर्ने दाबी

२०७७ कार्तिक ८ गते, शनिबार


काठमाडौँ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को नेशनल इन्स्टिच्युट अफ भाईरोलोजीको सहयोगमा ‘भारत बायोटेक’ कम्पनीले पनि कोरोना भाइरस खोप बनाइरहेको छ । उक्त बायोटेक कम्पनीले अर्को वर्षको जुनसम्ममा ‘कोभाक्सिन’ बजारमा उपलब्ध हुने बताएको छ ।भारत सरकारले आपतकालीन अनुमति दिएर खोपको थालनी गरेन भने ‘कोभाक्सिन’ आगामी वर्षको जूनसम्ममा उपलब्ध हुने ‘भारत बायोटेक’को एक शीर्ष अधिकारीले जनाएका छन् । उनका अनुसार भारतका १२–१४ वटा राज्यहरूमा २० हजार स्वयंसेवकहरूलाई उक्त खोप परीक्षणहरू गरिने भएको छ । उही समयमा सीरम इन्स्टिट्युट अफ इन्डियाको भ्याक्सिन (कोवीशील्ड भ्याक्सिन) को दौडमा अझै पनि भारत अग्रणी छ । कोवीशील्डको तेस्रो चरणको ट्रायल पजि चाँडै सुरु हुने बताइएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु