भारतमा कोरोनावाट ८८ हजारको मृत्यु !

२०७७ आश्विन ६ गते, मंगलवार


काठमाडौं । भारतमा हालसम्म ५५ लाख ६२ हजार १ सयजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ८८ हजार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८६ हजार ९ सय ६१ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधीमा १ हजार १ सय ३० संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । त्यसै गरी विश्वमा संक्रमितको संख्या ३ करोड १४ लाख ८२ हजार भन्दा बढी रहेको छ । मृत्यु हुनेको संख्या ९ लाख ६९ हजार २ सय ९८ जना पुगेको छ । त्यसैगरी कोरोना मुक्त हुनेको संख्या २ करोड ३१ लाख १० हजार भन्दा बढी रहेको छ ।

प्रतिक्रियाहरु