नेकपाद्वारा पहिरोपिडितहरूको उद्धार तथा खोजीकार्यमा लाग्न निर्देशन

२०७७ भाद्र ३० गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पहिरोमा परी बेपत्ता भएकाहरूको उद्धार तथा खोजीकार्यमा तीव्रताका साथ लागिपर्नका निमित्त पार्टीपङ्क्तिलाई निर्देशन दिएको छ । अविरल वर्षाका कारण शनिबार राती गएको पहिरोले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. ७ घुम्थाङको नागपूजेमा भएको धनजनको क्षतिप्रति नेकपाले दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै सो निर्देशन दिएको हो ।
नेकपाका केन्द्रीय सदस्य तथा ताम्सालिङ ब्युरो इन्चार्ज आधारले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै पहिरोमा परेर ज्यान गुमाएकाहरूप्रति पार्टीका तर्फबाट दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र आफन्तहरूप्रति समवेदना प्रकट गरेका हुन् । आधारले पहिरोमा परी बेपत्ता हुनुभएकाहरूको उद्धार तथा खोजीकार्यमा तीव्रताका साथ लागिपर्नका निमित्त पार्टीपङ्क्तिलाई निर्देशनसमेत गरेका छन् र बाढीपहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । साथै ब्युरो इन्चार्ज आधारले प्राकृतिक प्रकोपहरूको जोखिम रहेका स्थानहरूको पहिचान गरी त्यस्ता ठाउँहरूमा बसोबास गर्ने जनसमुदायहरूको स्थानान्तरण गरी उचित वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु