तीन दिनसम्म देशभर पानी पर्ने सम्भावना !

२०७७ श्रावण २४ गते, शनिबार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएर नेपालमा केही दिन फेरि पानी पर्ने मौसम पूर्वानुमान गरिएको जनाएको छ । महाशाखाले नेपालको तराई क्षेत्रमा शनिबार रातीबाट मनसुन न्यूनचापीय रेखा नजिक आउने सम्भावना रहेकाले कम्तीमा तीन दिनसम्म देशका धेरैजसो स्थानमा पानी पर्ने जनाएको हो ।
महाशाखाले विशेष बुलेटिन जारी गर्दै भनेको छ, ‘साउन २४ गते रातीबाट २–३ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।’

प्रतिक्रियाहरु