भारतमा कोरोनाबाट ४० हजार जनाको मृत्यु !

२०७७ श्रावण २२ गते, बिहीबार


कासठमाडाैं । भारतमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या भने ४० हजार ७ सय २७ पुगेकाे छ भने बुधबार मात्रै त्यहाँ ९ सय १९ जनाकाे मृत्यु भएकाे छ । भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । अहिले भारतमा कोरोना भाइरस संक्रमितको संख्या १९ लाख ६३ नाघेको छ । अहिले भातरमा ५ लाख ९५ बढी सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९ सय ४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १३ लाख २७ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।
भारतीय राज्यहरूमध्ये महाराष्ट्र र तामिलाडु अतिप्रभावित भएका छन् । संक्रमितका आधारमा दिल्ली तेस्रो स्थानमा छ । पछिल्ला दिनहरूमा दिल्लीमा संक्रमितको संख्या निकै घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो । त्यतिबेलासम्म भारतमा संक्रमितको संख्या ५ सयको हाराहारीमा थियो ।

प्रतिक्रियाहरु