अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण !

२०७७ श्रावण २० गते, मंगलवार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा अधिकांश अप्रेसनमा खटिएका प्रहरी रहेको बताइएको छ । अख्तियारका १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १५ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार कार्यालयमा विशेष स्वास्थ्य सतर्कता अपनाइएको छ ।
अख्तियारमा गरिएको परीक्षणमा पोजिटिभ भेटिएका अधिकांश सुरक्षाकर्मी छन् । हरेक दिन ठूलो संख्यामा सर्वसाधारणको आवातजावत हुने अख्तियारमा बिभिन्न मुद्दामा नियन्त्रणमा लिइएकाहरुलाई पनि राख्ने गरिँदै आइएको छ । तर १५ कर्मचारीमा देखिएको संक्रमणको विषयमा भने अख्तियारले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रियाहरु