भारतमा कोरोनावाट ५५९ जनाकाे मृत्यु

२०७७ बैशाख ८ गते, सोमबार

काठमाडाैं, ८ वैशाख । भारतमा सोमबार बिहानसम्म कोरोना भाइरसका कारण ५५९ जनाले ज्यान गुमाएका छन् भने १७ हजार ६१५ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टाभित्र मात्रै भारतमा एक हजार ८९३ जना नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार ८५४ जना उपचारपछि निको भएका छन् । अहिले त्यहाँ १४ हजार २०२ जना काेराेना संक्रमित रहेका छन ।
काेराेनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भारतमा मार्च २४ देखि लगातार लकडाउन गरिएको छ । तर पनि संक्रमणको दर झनै बढ्दै गइरहेकाे पाइन्छ । स्वास्थ्य मन्त्रालले आइतबार पत्रकार सम्मेलनमार्फत भारतका ७ सय २० जिल्लामध्ये विभिन्न २३ प्रदेशका ५६ जिल्लामा विगत १४ दिनमा संक्रमण नदेखिएको जनाएको छ ।

प्रतिक्रियाहरु