गोसाइँकुन्डमा हजारौको भिड

२०७६ श्रावण ३० गते, बिहीबार

काठमाडौँ, ३० साउन । गोसाइँकुन्ड मेला व्यवस्थापन समितिले यो वर्ष करिब १२ हजार भक्तजनले मेला भरेको जनाएको छ ।
गत बर्षको तुलनामा यस बर्ष तीर्थयात्रीहरुको संख्या बढेको बताइएको छ । गोसाइँकुन्डमा नागपञ्चमीका दिनदेखि जनैपूर्णिमाका दिनसम्म मेला लाग्ने गर्दछ । गोसाइँकुन्ड जाने सडकमार्गअन्तर्गत् राम्चे र मूलखर्कमा यो वर्ष पहिरो नगएका कारण पनि तीर्थयात्रीको संख्या बढेको हो । गोसाइँकुन्डमा स्नान गरी गोसाइँबाबा भगवान् शिवको दर्शन गर्नाले पापबाट मुक्ति मिल्ने, पितृको मोक्षप्राप्त हुनुका साथै मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । गोसाइँकुन्ड गाउँपालिका–५ मा अवस्थित गोसाइँकुन्ड समुद्री सतहदेखि ४ हजार ३८० मिटरको उचाइमा छ ।

प्रतिक्रियाहरु