प्रधानमन्त्री ओलीले प्रतिपक्षीका प्रश्नको जवाफ दिने

२०७५ पुष २२ गते, आईतवार

काठमाडौं, २२ पुस । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपीशर्मा ओलीले सम्बोधन गर्ने भएका छन । समसामयीक विषयमा प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने कार्यतालिका रहेको बताइएको छ । शुक्रबारको बैठकलाई सम्बोधन गर्ने भनिएपनि ब्यस्तताको कारण देखाउदै सम्बोधन स्थगित भएको थियो । दिउँसो १ बजे बस्ने प्रतिनिधिभसभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको उनको निजि सचिवालयले जानकारी दिएको छ । त्यस्तै आजको कृषि तथा पशुपन्छी विकासमन्त्री चत्रपाणी खनालले जीवनाशक विषादी ब्यवस्थापन विधेयकमाथि बिचार गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै कानुन, न्याय तथा संसदिय मामिलामन्त्री भानुभक्त ढकालले प्रशासकिय अदालत विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भनि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पारमाणविक विधेयक २०७५ माथि बिचार गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने कायुसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु