तत्काल सरकार परिवर्तन हुदैन

२०७३ जेष्ठ १८ गते, मंगलवार

काठमाडौ, १८ जेठ । नेकपा एमालेका सचिव शंकर पोखरेलले तत्काल सरकार परिवर्तन नहुने धारणा सार्वजनिक गरेका छन । यसअघि एमाले र माओवादी केन्द्रबीच नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएपछि नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । तर सचिव पोखरेलले जसको नेतृत्वमा बजेट प्रस्तुत भयो, उसैको नेतृत्वमा कार्यान्वयन पनि गराउनुपर्ने भएकाले पनि अहिले सरकार परिवर्तनको कुरा तर्क संगत नहुने बताएका छन ।
एमाले रष्ट्रिय सहमतिका लागि दलहरुसंग छलफल गर्न तयार रहेको भन्दै उनले एमाले वा एकीकृत माओवादी दुवैको नेतृत्वमा रष्ट्रिय सहमतिको सरकार बनाउन भने एमाले तयार रहेको बताएका छन ।

प्रतिक्रियाहरु