विश्व अल्ट्रा धाबिका राई र कराते खेलाडी तामाङ विभूषित

२०७३ जेष्ठ १६ गते, आईतवार

काठमाडौँ, १६ जेठ । गणतन्त्र दिवसको अवसरमा सरकारले प्रदान गर्दै आइरहेको विभिन्न मानपदबी मध्य “प्रबल जनसेवा श्री” विश्व अल्ट्रा धाबिका भोजपुरकि मिरा राइ र कराते खेलाडी बिमला तामाङलाइ प्रदान गर्ने जनाएको छ । भोजपुरको बिकट गाउँ सानो दुम्मामा जन्मिएकी मिरा एकाएक विश्व अल्ट्रा धाबिकाको रेकर्ड बनाउदै अहिले चर्चित धाबिका बन्न पुगेकी छिन । त्यस्तै १७ औ एसियाली गेममा राज्यको बिना लगानी बालाजु कराते एकेडमी नेपाल मार्फत कोरिया गएकी बिमलाले नेपाललाइ एक मात्र कास्य पदक दिलाउन सफल भएकी थिइन ।

प्रतिक्रियाहरु