एमालेभित्र चरम अन्तर बिरोध – पार्टी टुक्रिने सरकार पनि फुत्किने

२०७३ जेष्ठ १५ गते, शनिबार

काठमाडौँ । एमाओवादीसँग गत वैशाख १९ गते नौ बुँदे सहमति गरेर केही दिन टिकेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बजेट भाषणसँगै संकटमा परेको छ । नौ बुँदै सहमतिअनुसार बजेट भाषणपछि आफ्नो नेतृत्वमा सरकार बन्ने उद्घोष गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस विषयलाई जोडतोडले उठाउँदै आएका छन् भने एमालेभित्र पनि सरकारले उखान् टुक्कामा मात्र समय बिताएको भन्दै सरकारबाट केपी ओलीलाई हटाउन विभिन्न प्रपञ्च सुरु भइसकेको छ । यतिबेला केपी ओली नेतृत्वको सरकार ढलाउन र एमालेलाई पुनः फुटाउन देशी, विदेशी शक्ति सक्रिय भइरहेको स्रोत बताउँछ । यसैक्रममा नेकपा एमाले फुटाउन र सरकार ढाल्न भारतबाट गुप्तचरको टोली परिचालित गरिएको स्रोतले बताएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका सुरक्षा सल्लाहकार अजित डोबलको योजनामा गुप्तचर टोली नेपालमा परिचालित गरिएको स्रोतको ठोकुवा छ । एमाले फुटाएरै भए पनि सरकार ढाल्ने म्याण्डेडसहित उनीहरु गतसाता काठमाडौं ओर्लिएको स्रोतले बतायो । काठमाडौं आएदेखि उनीहरु राजधानीको ठूलो होटलमा बसेर सबै पार्टीका नेताहरुलाई भेटिरहेको स्रोतको ठोकुवा छ । त्यो गुप्तचर टोलीलाई भेट्न एमालेका माधबकुमार नेपाल पक्षका नेताहरु पनि रहेको बुझिएको छ । उनीहरुलाई भारतका गुप्तचर अधिकारीले आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । स्रोतका अनुसार कांग्रेसलाई प्रयोग गरेर सरकार ढाल्ने अघिल्लो प्रयास असफल भएपछि जेट एयरको जहाजबाट अघिल्लो साता भारतीय गुप्तचर अधिकारी मिस्टर जोशी र मिस्टर धारिवाल नेपाल आएका हुन् । पैसाको बलमा शक्तिकेन्द्र हातमा लिने, पार्टी फुटाउने तथा अन्य रणनीतिमार्फत ओली सरकार ढाल्ने उनीहरुको योजना रहेको छ ।
भारतीय गुप्तचर नेपाल आएपछि त्यसको विभिन्न लक्षणहरु देखिन थालेका छन् । सोही लक्षणस्वरुप एमालेमा माधव नेपाल पक्ष एकाएक उग्र रुपमा प्रस्तुत हुँदै अलग्गै गुटको भेला बोलाउनु, देशभरी गुटको मात्र कार्यक्रम गर्ने घोषणा गर्नु, झलनाथ खनालले पनि केपी ओलीको आलोचना गर्नु, योगेश भट्टराईले महासचिव पोखरेललाई पत्र पठाएरै चेतावनी दिनु आदिआदि सतहमा आएका बिषय छन् । जसले गर्दा ओली र नेपाल पक्षको गुटगत दूरी बढ्दैछ । यसलाई पार्टी अलग हुने प्रारम्भिक लक्षणको रुपमा लिन सकिन्छ ।यसैबीच, एमालेमा नेपाल पक्षले निहुँ खोज्दा दुरी बढ्दै गएपछि एमाले महासचिव ईश्वर पोखरेलले चिन्ता जनाएका छन् । उनले गतविहीबार पार्टी कार्यालयमा प्रेस चौतारी नेपालका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गर्दै पार्टीमा पछिल्लो समय बढेको दुरीमा चिन्ता व्यक्त गर्दै मार्मिक भनाई राखेका थिए । उनले भने– ‘जबजब एमालेले बाहिरी लडाईँ जित्छ, अनि नेतृत्वको अडानले मुलुक सही दिशामा अघि बढछ, तब पार्टीभित्रैबाट ती उपलब्धीमाथि धावा बोलिन्छ ।’ यो सबै छाँटकाँट हेर्दा अब निकट भबिस्य मै एमाले फुटका साथ सरकारवाट बाहिरिने पक्कापक्की भएको चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ ।

प्रतिक्रियाहरु