३६ दललार्इ निर्वाचन आयोगको अल्टिमेटम

२०७३ बैशाख ६ गते, सोमबार

काठमाडौ, ६ बैशाख । निर्वाचन आयोगले ३६ दललाई आगमी असार मसान्तसम्म महाधिवेशन गर्न निर्देशन दिएको छ। दर्ता भएकामध्ये ३६ दलले तोकिएको समयमा महाधिवेशन नगरेको भन्दै निर्वाचन आयोगले ०७३ असार मसान्तसम्म महाधिवेशन गर्न निर्देशन दिएको हो। सो सयमभित्र पनि महाधिवेशन नगर्ने दल खारेजीमा पर्नेछन्। गत २ वैशाखमा बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो। तर, आयोगले ती दललाई महाधिवेशन गर्नेबारे पत्राचार भने गरिसेकेको छैन। विभिन्न बहानामा राजनीतिक दलले आफ्नो पार्टीको विधानमा तोकिएको समय कटाउनुका साथै निर्वाचन आयोगको राजानीतिक दलसम्बन्ध एनले तोकेको समय पनि कटाएका थिए। संसद र सरकारमा रहेका दलले समेत तोकिएको समयमा महाधिवेशन गरेका छैनन्।
सत्तारुढ दलले नै गरेका छैनन् महाधिवेशन
प्रधानमन्त्री केपी शर्माको नेतृत्वको सरकारमा सामेल दुर्इ दलले पनि समयमै महाधिवेशन गरेका छैनन्। उपप्रधानमन्त्री विजयकुमार गच्छादारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले समय गुज्रेको दुर्इ पर्ष वितिसक्दा पनि महाधिवेशन गरेको छै। शान्ति मन्त्री एकनाथ ढकालको नेपाल परिवार दलले पनि महाधिवेशन समयमा गर्न सकेको छैन। – नयाँ पत्रिका दैनिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार