प्रचण्डलाई पछ्याउँदा बादलको बिचल्ली

२०७२ चैत्र २० गते, शनिबार

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादी र एमाओवादीबीच पार्टी एकताको विषयमा छलफल गर्न नेकपा क्रान्तिकारी माओवादी बैठक बसिरहेको छ । काठमाडौँको नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा जारी बैठकमा पार्टी अध्यक्ष मोहन वैद्य किरणको पार्टी एकताको प्रस्तावमाथि छलफल चलिरहेको छ । अध्यक्ष किरणले पेस गरेको पार्टी एकता प्रस्तावमा पार्टी, विचार, सिद्धान्त र राजनीतिबिना एकता सम्भव नभएको उल्लेख गरिएको छ । नेपालमा अझै पनि नयाँ जनवादी क्रान्तिको विकल्प छैन भन्दै राज्यको स्वरुप र संविधानबारे एमाओवादीले राखेको सारसंग्रहवादी दृष्टिकोण नसच्चिएसम्म पार्टी एकता हुन नसक्ने किरणको पार्टी एकता प्रस्तावमा प्रष्टरुपमा उल्लेख गरिएको छ ।
पार्टी अध्यक्ष किरणको एकताको प्रस्तावमाथि पुरक तथा सुझाव प्रस्तुत गर्दै महासचिव रामबहादुर थापा बादलले पार्टी एकता र विजयको नयाँ सैद्धान्तिक, राजनैतिक तथा सांगठानिक आधारहरु प्रस्तुत गरेका छन् । जसमा महासचिव बादलले २२ औँ शताब्दीको प्रारम्भसम्म आइपुग्दा नपुग्दै सर्वहारा नेतृत्वमा स्थापित सबै समाजवादी तथा नयाँ जनवादी राज्यसत्ताहरु विघटन भएका छन् । सर्वत्र समाजवादद्वारा संरक्षित, परिचालित घरेलु प्रतिक्रियावादीहरु सत्तासीन भएका छन् । समाजवादी तथा नयाँ जनवादी आन्दोलनहरु रक्षात्मक स्थितिमा धकेलिएका छन् । कम्युनिस्ट आन्दोलनहरु मुख्यतः दक्षिण अंशतः वाम एवं मध्यपन्थी गुट, उपगुटहरुमा चिराचिरा भएका छन् । क्रान्तिकारी संयुक्त मोर्चाहरु पनि विभिन्न अतिवादी धारहरुमा छिन्नभिन्न भएका छन् । परिणामतः क्रान्ति पराजित भएको छ, प्रतिक्रान्ति विजयी बनेको छ । उपरोक्त प्रतिक्रान्ति, विघटन र रक्षात्मक अवस्थाबाट क्रान्तिलाई माथि उठाउन सम्पूर्ण क्रान्तिकारीहरु गम्भीर आत्मसमीक्षा र रुपान्तरणसहित एकजुट हुनका लागि आमजनता, कार्यकर्ता, तथा मित्रहरुका आवाज सर्वत्र गुञ्जिरहेको छ, सँगसँगै क्रान्तिकारी धारलाई विसर्जनको पराकाष्ठासम्म पु¥याई पूर्णरुपमा सखाप पार्न देशी, विदेशी प्रतिक्रियावादी तथा अवसरवादी शक्तिहरु पनि भयानक षड्यन्त्रमा लागि परेका छन् । त्यसैले क्रान्तिकारी एकता आजको अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न गएको छ । यसरी महासचिव बादलले अध्यक्ष किरणको सिद्धान्तनिष्ठ पार्टी एकताको विपक्षमा तर्क गर्दै पार्टी एकताका नाममा बिनासर्त एमाओवादीसँग विलय हुने धारणा प्रस्तुत गरेपछि बादलविरुद्ध बैठकमा दुई तिहाई केन्द्रीय सदस्य खनिएका छन् । उनीहरुले बादल प्रचण्डको ललीपपमा रमाउँदै पार्टी विघटन गर्न तयार भएको भन्दै बैठकमा चर्को आलोचनामा उत्रिएका छन् ।
महासचिव बादलले पार्टी एकताका नाममा बिनासर्त एकता हुनुपर्छ भन्दै पार्टी र क्रान्तिप्रति घात गरेको भन्दै बैठकमा धारण राख्ने पार्टी अध्यक्ष मोहन वैद्य किरण पक्षधर केन्द्रीय सदस्यहरुमा चन्द्रप्रकश गजुरेल, परि थापा, रामसिंह श्रीष, हरिभक्त कँडेल, सिताराम तामाङ, नारायणप्रसाद पौड्याल, केवि गुरुङ, इन्द्रमोहन सिग्देल, प्रेम सुवेदी, हर्कबहादुर शाही, कमल चौधरी, चन्द्रहरि सुवेदी, डाचाराम वाग्ले, श्रीनाथ अधिकारी, राम आचार्य, लक्ष्मण पन्त, नगेन्द्र राई, सुरेश आलेमगर, दिनेश शर्मा, दिलिपकुमार प्रजापति, पवनमान श्रेष्ठ, कृष्णहरिदेव दनुवार, देवेन्द्र श्रेष्ठ, हस्तबहादुर केसी, प्रभुराम रम्तेल, चाह, लक्ष्मण जोशी, विदुर, हिरामणि दुःखी, हुकुमबहादुर सिंह, अम्बिका रेग्मी, डा. जगदीशचन्द्र भण्डारी, मोहनसिंह तामाङ, कान्छाराम तामाङ, अर्जुन छन्त्याल, पिताम्बर आचार्य, मोहन, इन्द्रजित चौधरी, आदर्श, सत्यनारायण शेरचन, ईश्वरचन्द्र ज्ञवाली, सोनालाल साह, देवकी मल्ल, टीकाराम पौड्याल, दुर्गा राई, हरि चुमान, शिव श्रेष्ठ, रोशन जनकपुरी, हिमशिखर, होमकुमारी खापुङ, अनुकूल, धनेश्वर पोखरेल, कर्णजित, नन्द सार्की, कुमार शाह, उर्मिला श्रेष्ठ, मञ्जिल शाक्य, लक्ष्मी मुडवरी, रुपा चौधरी, केवि फुदोङ, विजय साङ्गपाङ, लेखनाथ न्यौपाने, नरेश भण्डारी, विकास, ओम गुरुङ, शिव कँडेल, डिल्लीराम बोहोरा, राजेन्द्र किराती, सोनाम लामा, लोकबहादुर थापा, लोचन केसी, वीरबल, भानु श्रेष्ठ, तासी, रामनारायण सिंह, रोशन, अमर परियार, महेश, शान्तिमान कार्की र किरण शाही रहेका छन् ।
यसैगरी, अहिलेको अवस्थामा बिनासर्त पार्टी एकता नै अपरिहार्य ऐतिहासिक आवश्यकता हो भन्दै महासचिव बादलको भनाईलाई पक्षपोषण गर्ने केन्द्रीय सदस्यहरुमा देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, पूर्ण घर्ती, सूर्यप्रकाश सुवेदी, इन्द्र आङ्बो, मायाप्रसाद शर्मा, श्रीराम ढकाल, यसोदा सुवेदी, शारदा, विश्वजीत, मिक्सो, देवान, समिर, दाबा तामाङ, ज्ञानु बस्नेत, अनुप, नेटवर्क, विशाल, महादेव यादव, श्यामकिशोर, रामकाजी श्रेष्ठ, सुनिता यादव, कुमारी मोक्तान, प्रेम सागर, नारायणप्रसाद अधिकारी, राजकुमार शर्मा, रचना, पि. एल. श्रेष्ठ, कुशल लिम्बु, राजन, पार्वती थापा, रेणुका चौलागाईं, श्याम, नेवबहादुर कुँवर, रत्न ढकाल, एकराज थापा, देवनाथ, प्रतीक, नवीन र साकार रहेका छन् भने सावित्रकुमार काफ्ले, देवी रसाइली र निरु दर्लामी तटस्थ रहेका छन् ।
केन्द्रीय समितिको बैठकमा करिब दुई तिहाई केन्द्रीय सदस्यले महासचिव बादलको बिनासर्त पार्टी एकताको विरोध गरेपछि बादल पक्षधर नेताहरु मुख देखाउन नसक्ने स्थितिमा पुगेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताएका छन् । उनका अनुसार महासचिव बादल पक्षधर नेताहरुलाई अब क्रान्तिकारी माओवादीभित्र रहने नैतिक अधिकार नरहेको र उनीहरुलाई प्रचण्डले पनि एमाओवादीमा तत्काल समाहित नगराउने भएकाले उनीहरुको राजनीतिक जीवन करिब–करिब ध्वस्त भएको छ । अब क्रान्तिकारी माओवादीभित्र अध्यक्ष मोहन वैद्य किरण पक्षधरको पकड रहेकाले महासचिव बादल पक्ष रक्षात्मक स्थितिमा पुगेको छ । जसका कारण जनयुद्धका होनाहार योद्धा महासचिव बादल पार्टी, सिद्धान्त र क्रान्ति छोडेर प्रचण्डको ललीपपमा फस्दा राजनीतिकरुपमा धराशयी हुन पुगेको ती केन्द्रीय सदस्यको ठोकुवा छ ।

प्रतिक्रियाहरु