पार्टी एकताको नाममा बादलले बदमासी गरेको केन्दिय सल्लाकार समितिको ठहर

२०७२ चैत्र १० गते, बुधबार

काठमाण्डौ, १० चैत । नेकपा क्रान्तिकारी माओवादीको हालै सम्पन्न केन्दिय सल्लाकार समितिको बैठकमा महासचिब रामबहादुर थापा बादलले पार्टी एकताको नाममा बदमासी गरेको भन्दै तिब्र आलोचना भएको स्रोतले बताएको छ । क्रान्तिकारी माओवादीको केन्दिय सल्लाकार समितिको दोस्रो दिनको बैठकमा बादलको पार्टी एकताको कदमप्रति केन्द्रिय सल्लाहकारहरुले लल्जास्पद समर्थन गरेको जानकारी प्राप्त भएको छ । श्रोतको अनुसार १०३ जना सदस्य रहेको सल्लाहकारहरु मध्ये दोस्रे दिनको बैठकमा ३९ जनाको मात्र उपस्थिति रहेको थियो । बैठकमा सबै सल्लाहकारहरुले पालै पालो आ- आफ्ना धारणहरु सुझावका रुपमा राख्ने कार्यक्रम तय गरिएको थियो । बैठकमा उपस्थित रहेका ३९ जना सल्लाहकारहरु मध्य ३५ जनाले पार्टी अध्यक्ष किरणले अगाडी सार्दै आएको सिदान्तनिष्ट एकताको आधारमा मात्र एमाओवादीसग एकता गर्नुपर्ने र त्यो भन्दा दाया – बाया गर्न नपाइने सुझाव दिएका थिए भने काभ्रेका बिष्णुप्रसाद गौतम, नेत्र प्रसाद र एकनाथ लौचागाईमात्रले बादलको पक्ष लिएर विना सर्त एमाओवादीसग यथासिघ्र एकता गर्नु पर्ने सुझाव दिएका थिए । सल्लाहकार मानध्वज श्रेष्ठले भने एमाओवादी जस्तो नवसम्शोधनवादीसग कुनै हालतमा पनि एकता गर्नु हुदैन भन्ने सुझाव दिएको बुझिएको छ ।
यसैगरी , बैठकमा केन्द्रिय सल्लाहाकार एब महासचिब बादल पत्नी नैनकला थापाले महासचिब बादल जनयुद्धको योद्धा भएको बताउदै पछिल्लो चरणमा पार्टी भित्रबाटै महासचिब बादलको राजनीतिक जीवन सिध्याउने प्रपन्च हुन् थालेको बिषय भाब्बिह्वल हुदै राखेको स्रोतले बताएको छ ।
केन्द्रिय सल्लाहकारहरुको सुझाव दिने कार्यक्रम तोकिएको दिन प्रस्ताब प्रस्तोता किरण र बादल दुबैको अनुपस्थिति रहेको श्रोतले बताएको छ । केन्द्रिय सल्लाहकारहरुको सुझाब लिन बोलाइएको उक्त बैठकमा पार्टीका शिर्षस्थ दुवै नेताको अनुपस्थिति भने अर्थपूर्ण भएको बैठकमा सहभागी एक सल्लाहाकारले बताए ।

प्रतिक्रियाहरु