जलउत्पन्न प्रकोप नियन्त्रणका प्रमुखलाई कालो मोसो

२०७२ फाल्गुन १९ गते, बुधबार

काठमाडौं, १९ फागुन | नेकपा माओबादी निकट अखिल नेपाल किसान संघ क्रान्तिकारी दाङले भ्रष्टाचार गरेको आरोपमा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नम्बर १८ लमहिका प्रमुख बेदानन्द उपाध्यायलाई कालोमोसो दलेको छ । किसान संघ क्रान्तिकारीका कार्यकर्ताहरुले हिजो कार्यालय मै पुगेर उपाध्यायलाई भ्रष्टाचार गरेको आरोपमा कालोमासे दलेको विज्ञप्ती मार्फत जनाएको छ । नितिगत रुपमा उपभोक्ता समिति मार्फत गरिनुपर्ने कामलाई लाखौ रुपैयाँ कमिसन लिएर ठेकेदार मार्फत काम गराएको संघले आरोप लगाएको छ । कमिसनको खेलमा गुणस्तरीय काम नहुदा उपभोक्ताहरु ठगिएको र कार्यालय प्रमुख उपाध्यायले विभिन्न कार्यक्रमबाट लाखौ रुपैयाँ कमिसन लिएको आफुहरुले पाएको संघको बिज्ञप्तीमा उल्लेख छ । उपाध्यायले गर्दै आएको अनिमितता पर्दाफास गर्न आफुहरुले कार्वाही थालेको संघले जनाएको छ । साथै बिज्ञप्तीमा आगामी दिनमा पनि भ्रष्टाचार, अनियमितता, घुसखोरी, कालोबजारीयालाई आफुहरुले कार्वाही गर्दै जाने चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु