प्रधानमन्त्री ओली बोलीले बदनाम बन्दै

२०७२ पुष २९ गते, बुधबार

काठमाडौं । केहि सातादेखि प्रधानमन्त्री केपी शर्मा ओलीले सार्बजनिक रुपमा दिएको अभिव्यक्तिलाई लिएर उनको चौतर्फी आलोचना सुरु भएको छ ।
प्रधानमन्त्री ओलीले देश र जनता पीडामा भएको समयमा सम्हालिएर बोल्नु भन्दा हल्का फूलका अभिव्यक्ति दिन थाले पछि उनको चौतर्फी आलोचना हुन् थालेको हो । भूकम्प र नाकाबन्दीले आहात भएका जनतालाई प्रधानमन्त्री ओलीको बचन बाणले सार्है मर्माहत बनाएको छ । एक बर्ष भित्र लोडसेडिङ्ग अन्त्य गर्ने देखी हावाबाट बिजुली उत्पादन गर्ने र घरघरमा ग्याँस पाईपबाट ग्याँस आपुर्ति गर्ने घोषित योजना सार्वजानिक भएर चर्चामा आएका प्रधानमन्त्रीले आगामी केही दिन भित्रमा नयाँ योजना सार्वजानिक गर्ने तयारी गरिरहेको भन्दै आम जनता अहिले उनको अभिब्यकतिको खिल्ली उडाउन थालेका छन । अब केही दिनमा प्रधानमन्त्री ओलीले थप नयाँ योजना सार्वजानिक गर्ने तयारी गरिरहेका भन्दै सामाजिक संजालहरुमा उनको अभिव्यक्तिको खिल्ली उडाउन थालिएको छ । सामाजिक संजालहरुमा उनको अभिव्यक्तिको खिल्ली उडाउने क्रममा प्रधानमन्त्री ओलीको नयाँ योजनामा टोलटोलमा एअरपोर्ट निर्माण गर्ने हरेक घरको छतमा हेलिप्याड बनाउने, आकाशमा रहेको बादलमा च्याउ खेती गर्ने, पैसा कमाउन गाह्रो नहोस् भन्नका लागी पैसाको रुप रोप्ने योजना समेत प्रधानमन्त्रीको रहेको भन्दै खिल्ली उडाउने क्रम दैनिक बढिरहेको छ । यसरी खिल्ली उडाउने क्रममा प्रधानमन्त्री ओलीले भारतले कुनैपनि बेला नाकाबन्दी गरेर तेल आपुर्तिमा असहजता उत्पन्न गर्न सक्ने भन्दै खुलामञ्चमा तेलको कुवा खन्ने प्रस्ताव पनि अघि बढाउँदै छन । उनले युवाहरुलाई पढ्न गाह्रो भएको भन्दै कसैले पढ्नै नपर्ने र नपढिकनै सिधै घरमै सर्टिफिकेट आउने व्यवस्था मिलाउने योजना पनि सार्वजानिक गदैछन । यतिमात्र होईन, उनले भोक लाग्ने वित्तिकै आँफै पेट भरिने व्यवस्था मिलाउने योजना बनाईरहेको बुझिएको छ । सबैभन्दा रोचक योजना त नेपालीहरु अमेरिका जान निकै लालायित भएको भन्दै रिमोट थिचेर सिधै अमेरिका पुग्ने नयाँ योजना पनि उनले आगामी दिनमा सार्वजानिक गर्ने भनि सामाजिक संजाल फेसबुक, ट्विटर लगाएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गरि उँडाईएको छ ।
प्रधानमन्त्री जस्तो जिम्बेवार व्यक्तिलेदेशको बास्तविकतालाई भुलेर तत्कालिन रुपमा अकल्पनिय हुने हावादारी योजनाहरु सार्वजानिक संचार माध्यम सामु प्रकट गर्दा अहिले सामाजिक संजाल र मिडियाहरुमा प्रधानमन्त्री बिरुद्ध तिखा र व्यंग्यात्मक टिप्पणी हुनेक्रम बढिरहेको छ । प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेका केपी शर्मा ओलीले अब देखी अलि सयंमित भएर पो बोल्ने होकी ?

प्रतिक्रियाहरु