वैज्ञानिकहरु भन्छन : नेपालमा भूकम्प आउने खतरा कायमै छ

२०७२ पुष २८ गते, मंगलवार

काठमाडौं, २८ पुस । वैज्ञानिकहरुले नेपालमा फेरि पनि विनाशकारी भूकम्प आउन सक्ने चेतावनी दिएका छन् । एउटा नयाँ विश्लेषणले नेपालमा गत वैशाखमा जस्तै विनाशकारी भूकम्प आउन सक्ने चेतावनी दिइएको हो । वैज्ञानिकहरुले नेपालमा आएको भूकम्पसँग सम्बन्धित स्याटेलाइट डाटा अध्ययन गरेर यस्तो निष्कर्ष निकालेका हुन् । नेपालमा गत अप्रिलमा ७.८ रेक्टर स्केलको भूकम्प आउँदा ८ हजार भन्दा नागरिक मारिएका थिए ।
बीबीसीका विज्ञान मामिला सम्वाददाता जोनाथन एमोसका अनुसार नेपालमा ७.८ रेक्टर स्केल गतिको भूकम्प विवर्तनिक तह (टेक्टानिक प्लेट्स) को टक्रावका कारण आएको थियो । वैज्ञानिकहरुले स्याटेलाइटडाटामा हिमालयको दक्षिणी भागमा ११ किलोमिटर क्षेत्रमा भूगर्भीय प्लेटमा यसप्रकारको हलचल बढी भएको ठहर गरेका छन् । वैज्ञानिकहरुका अनुसार सम्भवतः यही हलचलका कारण हिमालयको उचाई हरेक वर्ष केही मिटर बढन् गर्दछ । – एजेन्सी

प्रतिक्रियाहरु