दोलखामा ४.२ रेक्टर स्केलको पराकम्प

२०७२ पुष १३ गते, सोमबार

काठमाडौं, १३ पुस । आज बिहान ३ बजेर ५२ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४ दमलव २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको बुधबार पनि दोलखा नै केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो । वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म चार रेक्टर स्केल भन्दा माथिका चार सय २० वटा पराकम्प गएको केन्द्रले जनाएको छ । यस्तै गएको शनिबार बिहान १० बजेर ३३ मिनेट जाँदा बाजुरा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रियाहरु