अनलाइन पत्रकारिता र बिपद्काल ” बिषयक सम्वाद कार्यक्रम सम्पन्न

२०७२ जेष्ठ १९ गते, मंगलवार

काठमाडौं । प्रेस काउन्सिल नेपालको आयोजनामा “ अनलाइन पत्रकारिता र बिपद्काल ” बिषयक एक दिने मिडिया सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले अनलाइन मिडियालाई संरक्षण र सम्वद्धनको खाँचो रहेको र यसलाई जवाफदेही र उत्तरदायी वनाउन काउन्सिल लागेको वताउँदै पत्रकारिता क्षेत्रको अनुगमन , नियमन गर्ने एकमात्र निकाय प्रेस काउन्सिल हुने प्रस्ट्याए । उनले समाचारको विषयलाई लिएर सञ्चार गृह नै वन्द भएकोप्रति आपत्ति जनाउँदै काउन्सिललाई सशक्त बनाउन र .भुकम्पले जनताको मनोवल गिरेको अवस्थामा पुर्ननिर्माणका लागि जिम्मेवारपूर्ण भई लाग्न आग्रह गरे ।
सोहि कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले विषयवस्तुमा केन्द्रित रही अनलाइनका सम्पादक तथा रिपोर्टरहरुसंग बेला बेलामा छलफल गरेको ,अनलाइन माध्यम प्रभावकारी हुँदाहुँदै पनि थुप्रै गल्ती भेटिएको, पेशागत व्यवसायी कमी रहेको वताए ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले विपद्को अवस्थामा समाचार पस्कने विषयमा हामी चुकेको हो कि ? यस्तो वेला राजनीतिक सौदावाजीका कुराले प्राथमिकता पाउने जस्ता विषय वहसको कुरो भएको वताए ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष खिलवहादुर भण्डारीले मिडियाका कारण उपत्यका वाहिरका आम जनतामा मानसिकता वदलेको र काठमाडौं सवै खत्म भयो भन्ने सन्देश गएकोमा मिडिया चुकेको वताए । त्यस्तै सुचना विभागका महानिर्देशक लक्ष्मीविलास कोईरालाले विपद्को वेला व्यक्तिगत र सामुहिकरुपमा हतोत्साही पार्ने कुरा पत्रकारले गर्न नहुने धारणा राखे ।यसै गरि सोहि कार्यक्रममा अधिवक्ता बावुराम अर्यालले अनलाइन व्यवस्थित हुन जरुरी रहेको वताए ।
कार्यक्रममा सहभागीहरुले अनलाइनलाई व्यवस्थित बनाउन काउन्सिलले आवश्यक कानुन , संहिता र दर्ता प्रक्रियामा जोड दिनुपर्ने , तालिम आवश्यक रहेको , सवै संवेदनशील वन्नुपर्ने धारणा उठाएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु