चीनमा बर्डफ्लुको उच्च जोखिम

२०७० माघ २२ गते, बुधबार


काठमाडौं , २२ माघ । चीनमा नयाँ खालको बर्डफ्लु भाइरसले एक महिलाको मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको छ । नाङचाङ शहरकी ७३ बर्षिया महिलाले पन्छी बजारमा भ्रमण गरे लगत्तै एच१०एन८ भाइरसको संक्रमणका कारण उनको मृत्यु भएको थियो । चीनकै जिन्जी प्रान्तका अर्का दोश्रो ब्यक्तिमा पनि यो भाइरसको संक्रमण फेला परेको छ ।
बैज्ञानिकहरुले नयाँ खालको बर्ड फ्लु भाईरसको संक्रमणलाई कम आँक्न नहुने भन्दै सतर्कता अपनाउन सरकार र सर्वसाधारणलाई अपील गरेका छन् । उनीहरुले यस्तो खालको भाइरसको संक्रमण चीनमा पहिलो पटक देखा परेको बताएका छन् ।
चीनमा हालैका महिनाहरुमा एच७एन९ बर्डफ्ल्यु भाइरसको संक्रमण पैmलिंदा संक्रमित भएका मध्ये एक तिहाईको मृत्यु भएको थियो । बैज्ञानिकहरुले एच१०एन८ भाइरस बंशाणुगत गुण भएको र मानव शरीरलाई छिटो हानी गर्ने खालको भएको बताएका छन् ।
यो भाइरस एक मानव बाट अर्को मानवमा सर्न सक्ने पनि उत्तिकै खतरा रहेको उनीहरुको भनाई छ । तर हालसम्म यसरी संक्रमण भएको पुष्टी पनि भएको छैन ।
-एजेन्सी |

प्रतिक्रियाहरु