मेट्रो चढेर मुख्यमन्त्रीको शपथ लिन जाँदै केजरीवाल

२०७० पुष १३ गते, शनिबार

काठमाडौं, १३ पुस।आज मध्याह्न ऐतिहासिक रामलीला मैदानमा दिल्लीको मुख्यमन्त्रीको शपथ लिँन आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल पार्टी कार्यालयबाट मेट्रो चढेर जाने भएका छन् । समाचारहरुमा जनाइए अनुसार केजरीवालसँगै मन्त्री पदको शपथ लिने ६ विधायक पनि मेट्रोबाटै जाने छन् । केजरीवालले यसअघि मुख्यमन्त्रीका लागि दिइने सरकारी आवास अस्वीकार गरेका थिए , भीआईपी सुरक्षा पनि लिएका छैनन् ।
भ्रष्टाचारविरुद्धको आन्दोलनबाट उदाएका केजरीवालको आम आदमी पार्टी (आप)ले कांग्रेसको समर्थनमा दिल्लीमा अल्पमतको सरकार बनाउँदैछ । आपले २८ सिट जितेको छ र दिल्ली विधानसभाको दोस्रो पार्टी हो । ३२ सिट जितेको भारतीय जनता पार्टीले बहुमत पु¥याउन नसकेपछि आपले सरकार बनाउन लागेको हो ।
शपथअघि केजरीवालले भने –म मुख्यमन्त्री बन्दै छैन । दिल्लीको आम जनताको मुख्यमन्त्री बन्दैछु ।’ रामलीलामा शपथ ग्रहण समारोहमा आवका हजारौं समर्थक पुग्ने सम्भावना छ । शपथ ग्रहण कार्यक्रममा भ्रष्टाचारविरुद्धको आन्दोलनका अगुवा अन्ना हजारे, किरण बेदी र सन्तोष हेगडेलाई पनि निम्तो पठाइएको छ ।

प्रतिक्रियाहरु