अब उड्ने कार

२०७० बैशाख २८ गते, शनिबार

काठमाडौँ । अहिले ट्राफिक जामको कारण विश्वका कैयौँ सहर आक्रान्त छन । ट्राफिक जामले धेरै मानिस दिनहुँ मर्कामा पर्ने गरेका छन् । यही समस्याबाट छुट्कारा पाउन वैज्ञानिकहरूले उड्ने कार तयार गरेका छन् । यो कार सडकमा गुड्न पनि सक्छ भने हावामा उड्न पनि सक्छ । यो कारले तपाईंलाई ट्राफिक जाममा फसेको बेला उडेर गन्तब्यमा पुराउन मद्दत गर्छ । सडकमा गुडिरहेका बेला जाममा परेका समयमा कारको ‘फ्लाइङ बटन’ थिचे कार उड्न थाल्छ र केही समयमा तपाईंलाई गन्तब्यमा पुर्याउँछ । यो उड्ने कारले यथार्थ रूप लिइसकेको छ । आगामी ८ देखि १० वर्षभत्रमा विश्वका सडकमा यो कार देखिनेछ । एक अमेरिकी इन्जिनियरिङ कम्पनी ‘टेराफुगिया’ले चार सिट क्षमताको उड्ने कार ‘टीएफ-एक्स’को तस्वीर हालैमा जारी गरेको हो । रमाईलो कुरा के छ भने यो उड्ने कारलाई चलाउन ‘पाइलट’को लाइसेन्स आवश्यक पर्दैन । ‘न्यूयोर्क डेली न्यूज’को रिपोर्टअनुसार कारको ‘फ्लाई’ रेन्ज ८०५ किलोमिटर रहेको छ । यो कार उड्ने समयमा कारमा लगाइएको प्रविधिले आफैँ काम गर्छ र कार आफैँ सञ्चालित समेत हुन्छ । सडकमा यात्राका गरिरहेको समयमा इलेक्टि्रक मोटरले कारलाई सञ्चालित गर्छ र उड्न अनि जमीनमा अवतरण गर्न मद्दत गर्छ । यो कारलाई तयार गर्नेहरूले दाबी गरेका छन् कि उनीहरूको यो महत्वकांक्षाले ८ देखि १० वर्षभत्रमा मर्ूतरूप लिन्छ । वैज्ञानिहरूको दाबी यो पनि छ कि यसलाई चलाउन धेरै सजिलो हुनेछ । यो कारलाई चलाउन करिब ५ घण्टाभित्रै जानिनेछ । कारलाई ‘काबर्नफाइबरुबाट निर्माण गरिएको छ । जसका कारण कारको वजन निकै कम हुनेछ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु