असार १ गतेदेखि ग्यास कार्ड: निगम

२०७० बैशाख २४ गते, मंगलवार


काठमाडौ, । सरकारले आगामी असार १ गतेदेखि अनिवार्य रुपमा ग्यास कार्ड लागु गने नेपाल आयल निगमका उपनिर्देशक दिनेश यादवले बताएका छन ।मध्यपुर खुद्रा ग्यास बिक्रेता सङ्घको प्रथम अधिवेशनको उद्घाटन गर्दै उपनिर्देशक यादवले सरकारले हालसम्म तीन लाखभन्दा बढी ग्यास कार्ड वितरण गरिसकेको बताउँदै त्यसमा पनि करिब दुई लाख कार्ड प्रमाणीकरणसमेत भइसकेको जानकारी दिए ।
ग्याँस वितरक सङ्घ नेपालका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले सरकारले लागु गर्न खोजेको कार्ड वितरण राम्रो पक्ष भए तापनि सरकारले कार्ड प्रयोगमा ल्याउन ग्याससँग सम्बन्धित विभिन्न पक्षसँगग आवश्यक छलफल नगरेकै कारण सरकारले दुई रङको सिलिन्डर प्रयोगमा ल्याउन नसेकेको दोषारोपण गरे ।अधिवेशनले आगामी तीन वर्षका लागि राजन नापितको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ । सङ्घका उपाध्यक्ष पञ्चकृष्ण श्रेष्ठ, महासचिवमा ईश्वरकुमार थापा श्रेष्ठ र सचिवमा इन्द्रकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा विराट थापा श्रेष्ठ तथा सदस्यमा तुल्सीराम श्रेष्ठ, राजेश जोशी, चन्द्रमान साय्, सुरेन्द्रकुमार श्रेष्ठ, रत्नहरि प्रजापति, केदार आचार्य, अष्टकुमार कवें र अम्बिकाप्रसाद बास्कोटा छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार