ऐनसेलका मूख्य टावरहरु ध्वस्त

२०६९ चैत्र २२ गते, बिहीबार


काठमाडौं , अखिल नेपाल क्रान्तिकारी टे्रड यूनियन महासंघको घटक संगठन सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ हेलो नेपाल इकाइ कमिटीको घोषित संघर्षका कार्यक्रम अन्तर्गत बुधबार बालाजु र भक्तपुर गरी एनसेलका २० वटा मूख्य टावरहरु ध्वस्त भएका छन् । जसबाट ८१ वटा साइटमा सम्पर्क विच्छेद भएको छ । बालाजुमा ध्वस्त गरिएका टावरबाट सानो भर्याङ, ठूलो भर्याङ, ककनी, टोखा, नुवाकोटदेखि रसुवासम्मका सबै साइट टावरहरु निष्कृय भएका छन् भने भक्तपुर नयाा ठिमीका मूख्य टावर ध्वस्त हुादा काभ्रे, सिन्धुपाल्चोक हुादै नेपाल चीन सिमाना तातोपानीसम्मका ६२ वटा साइट निष्कृय भएका छन् । यसअघि १४ वटा मूख्य टावहरु ध्वस्त भएका थिए भने अहिलेसम्म ती टावरहरु मर्मत गर्ने ठेकेदार कम्पनीहरुले मर्मत गर्न अस्विकार गर्दै आएका छन् ।
नेपाल स्याटलाइट टेलिकम हेलो नेपालबाट निष्काशित ८७ जना कर्मचारीहरुलाई निशर्त पुनर्वाहाली गर्न माग राख्दै संघले गत मंसीर २० गतेदेखि आन्दोलन गर्दै आएको छ । २०११ मा हेलो नेपाललाई बहुराष्ट्रिय कम्पनी टेलियासोनेराले खरिद गरेपछि अहिले टेलियासोनाको नेपाल मूख्यालय एनसेलमा पनि आन्दोलन शुरु भएको थियो । गत सोमबार कलंकीस्थित एनसेल सेन्टरमा मजदुरहरुले आक्रमण गर्दा ३ करोड बराबरको क्षति भएपनि टेलियासोनेराले सो घटनालाई सार्वजनिक गरेको थिएन । बुधबार ध्वस्त भएका २० वटा टावरबाट सञ्चालित ८१ वटा साइटहरु निष्कृय हुादा दैनिक आम्दानी हुने करोडौं रकम टेलियासोनेरालाई घाटा भएको छ भने टावर मर्मत गर्न ३ करोड बराबरको रकम लाग्ने बताइएको छ । माग सम्बोधन गर्न दवाव लिने उद्दे्श्यले मजदुरहरुले २ साताअघि एनसेलकै मुख्यालय कृष्णटावरमा आक्रमण गरेका थिए । माग पुरा गर्न दवाव दिने उद्देश्यले मजदुरहरु टावर र एनसेल सेन्टरहरु ध्वस्त गर्न बाध्य भएको मजदुरहरुले बताएका छन् । अझै पनि सुनुवाई नभए नेपालबाटै टेलियासोनेरालाई धपाउन बाध्य हुने उनीहरुको चेतावनी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु