बिजुलीबाट चल्ने सस्तो कार

२०६९ चैत्र ७ गते, बुधबार


काठमाण्डौं । विश्वचर्चित कम्पनी महिन्द्राले बिजुलीबाट चल्ने रेवा ई–२ नामक सबैभन्दा सस्तो कार निर्माण गरेको छ । दिल्लीमा यो कारको मूल्य ११ हजार डलर तोकिएको छ । भारतीय बजारपछि अर्को वर्ष यो कारलाई अफ्रिका र युरोपको बजारमा पुर्यााउने तयारी महिन्द्राले गरेको छ ।अहिले दुनियाँमा बढी बिकेका कारको मूल्य नियाल्दा निसानको ‘लिफ’ ३३ हजार युरोमा बिक्ने गरेको पाइन्छ । मित्सुबिसीको आईएमआइइवी कारको ३१ हजार १ सय २५ डलर पर्छ । रैनो कम्पनीको जोइ कारको मूल्य १३ हजार ६ सय ५० पाउन्ड तोकिएको छ ।
महिन्द्राले भर्खरै ल्याएको सस्तो कारको स्पिड ८० किलोमिटर प्रतिघन्टासम्म छ । त्यसैगरि एकचोटि चार्ज गरिएको ब्याट्रीले एक सय किलोमिटरसम्मको यात्रा थेग्छ । महिन्द्रा कम्पनीका चेयरम्यान आनन्दले भने– ‘हामीले भविष्यको मागअनुसारको यातायात प्रस्तुत गरेका हौँ, प्रदूषणरहित भविष्य बनाउनु हामी सबैको दायित्व हो ।’
महिन्द्राले सन् २०१० मा १६ हजार भारु तिरेर रेवा कम्पनी खरिद गरेको थियो । रेवा खरिद गरेपछिको अवधिमा महिन्द्राले प्रस्तुत गरेको पहिलो कार पनि इ–टु नै रहेको उनले जानकारी गराए ।
चार जना बस्न मिल्ने यो कारको कार्यप्रणाली दश कम्प्युटरले सञ्चालित हुने उनले बताए । यसलाई बिजुलीबाट पाँच घन्टामा फुल चार्ज गर्न सकिने र छतमा राखिएको सोलार प्यानलका कारण सूर्यबाट पनि चार्ज हुने उल्लेख गरिएको छ । एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु