हावामा तैरने माउस

२०६९ चैत्र ३ गते, शनिबार


काठमाडौँ । पाराग्वेको एक डिजाइन स्टुडियो ‘किबर्डि डिजाइन’ले हावामा तैरन कम्प्युटर माउस बनाएको छ । जसलाई चलाउनका लागि टेबलसम्म झुक्नु नै पर्दैन । यो माउस आफैँ हावामा तैरिन्छ । त्यसलाई चलाउनका लागि माउस प्याडमा घोट्नु पनि पर्दैन । जसलाई ‘ब्याट’ नाम दिएको छ । कम्प्युटर चलाउनको हात नपर्दासम्म यो माउस माउस प्याडभन्दा माथि ४० मिमि उचाइमा तैरन्छ भने हात राखेपछि १० मिमि माथि तैरन्छ । हावामा तैरने यो माउसमा एउटा माउस प्याड र चुम्बीय रिङका साथ उपलब्ध हुनेछ । यो हेदामा जादू जस्तो देखिए पनि यसले मानिसको हात र नसासम्बन्धी समस्या कम गराउने विश्वास लिइएको छ । लामो समयसम्म माउस चलाउँदा हुन सक्ने नाडी, हात तथा औँलाहरु दुख्ने समस्या कार्पल टनेल सिन्ड्रोम हुनबाट रोक्नका लागि यो माउस तयार पारिएको बेलायती पत्रिका डेलीमेलले जनाएको छ । डेलीमेलका अनुसार यो माउस यतिखेर परीक्षणको क्रममा रहेको छ । र्सार्वजनिक रुपमा खरिदका लागि उपलब्ध हुँदा यो सेतो र कालो दुइ रङ्गमा उपलब्ध हुनेछ । सन् १९७४ मा रसियामा जन्मेका भेदीम किर्बार्दिनले यो माउस बनाएका हुन् । सन् २००५ देखि उनी पारग्वेमा बसेर डिजाइन स्टुडियो चलाइरहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु