समाज

तराइमा ‘लु’ चल्ने सम्भावना : सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि पाँचदिनसम्म तराईका केही जिल्लामा तापक्रम अत्यधिक बढ्ने र तातो हावा ‘लु’ चल्ने चेतावनी दिएको छ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूको तापक्रम बढेको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी […]

२०८१ बैशाख १६ गते, आईतवार

‘नेपालको राज्यसत्ता र अर्थतन्त्र दलालहरुको कव्जामा छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य राजेन्द्र लोहनीले नेपालको राज्यसत्ता र अर्थतन्त्र दलाहरुको कब्जामा रहेको बताएका छन् । शनिबार समाजवादी मोर्चा नेपाल, रसुवाले कालिकास्थानमा आयोजना गरेको ‘समाजवादी अर्थ व्यवस्था र आर्थिक रुपान्तरणमा जनताको सहभागिता’, विषयक अन्तरक्रिया तथा सन्देश सभालाई सम्बोधन गर्दै लोहनीले नेपालको अर्थतन्त्र दलालहरुको कब्जामा रहेको बताएका हुन् ।उनले […]

२०८१ बैशाख १५ गते, शनिबार

‘समाजवादी मोर्चा समाजावादी क्रान्त्तिको आधार तयार गर्न बनेको हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता बागमती प्रदेशसभा सांसद इन्द्रप्रसाद गौतमले समाजवादी मोर्चा, समाजवादी क्रान्तिको आधार तयार गर्न बनेको बताएका छन् । शनिबार समाजवादी मोर्चा नेपाल, रसुवाले आयोजना गरेको ‘समाजवादी अर्थ व्यवस्था र आर्थिक रुपान्तरणमा जनताको सहभागिता’, विषयक अन्तरक्रिया तथा सन्देश सभालाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन् ।उनले आज यो देशमा सामन्तवाद […]

२०८१ बैशाख १५ गते, शनिबार

काठमाडौँका बिभिन्न स्थानमा आपूर्ति बन्द हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले शनिबार, सोमबार र मंगलबार यस क्षेत्रका विभिन्न स्थानहरूमा विद्युत् आपूर्ति बन्द हुने बताइएको छ । आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको तार परिवर्तन गर्ने भएकोले विद्युत् आपूर्ति बन्द हुने बताइएको छ ।सीतापाइला (कुलेश्वर वितरण […]

२०८१ बैशाख १४ गते, शुक्रबार

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

काठमाडौँ। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार चैत मसान्तसम्म ३० लाख १९ हजार ११४ कार्ड प्रिन्ट भएको छ । सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउने भनेर सरकारले राष्ट्रिय परिचयपत्र छाप्ने काम अघि बढाएको थियो । तर, हालसम्म परिचयपत्र बनाएर राख्ने र पासपोर्ट बनाउनबाहेक अन्य प्रयोजनमा प्रयोग भएको पाइँदैन ।विभागका अनुसार सरकारसँग छाप्नका […]

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जना पक्राउ गरेको छ । ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो । जुवा खालबाट १३ जनालाई पक्राउ गरेको र ४ लाख ३५ हजार ९६० रुपैयाँ […]

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

काठमाडौँ । प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न खुला गर्ने निर्णय गरेको छ । बैठकले यार्सा सङ्कलन गरिने क्षेत्रमा सुरक्षाकर्मी परिचालन एवं स्वास्थ्य शिविर आयोजना गरिने निर्णयसमेत गरेको छ । प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सा सङ्कलन गर्न बिसौँ हजार सर्वसाधारण […]

२०८१ बैशाख १३ गते, बिहीबार

सन् २०२३ को विश्वको मानवअधिकारको अवस्था सार्वजनिक

काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले सन् २०२३ मा विश्वको मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । एम्नेस्टी इन्टरनेसनल नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन् २०२३ को विश्वव्यापी मानवअधिकारको अवस्था बारे एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदन ‘विश्वको मानवअधिकार अवस्था’ सार्वजनिक गरेको हो । प्रतिवेदनका अनुसार सन् २०२३ मा विश्वभरमा मुख्यगरी मानव अधिकार उल्लंघनका चार वटा प्रवृत्ति देखा परेको […]

२०८१ बैशाख १२ गते, बुधबार

आज बैशाख १२:विनाशकारी भूकम्पको ९ वर्ष पूरा

काठमाडौँ । नौ वर्षअघि आजकै दिन गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर महाभूकम्प गएको थियो। सो भूकम्पले देशभर करीब ८ हजार मानिसको ज्यान लिएको थियो भने भौतिक संरचनामा पनि ठूलो क्षति पुर्‍याएको थियो । बितेका ८ वर्षमा सरकारले अधिकांश व्यक्तिगत घरहरुको पुनर्निर्माण गरेको छ भने धरहरा, बसन्तपुर दरबार, काष्ठमन्डप लगायतका सम्पदाको पनि पुुननिर्माण गरिएको छ । […]

२०८१ बैशाख १२ गते, बुधबार

तराईमा ‘लू’ को सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाले गर्मी बढी हुने जनाएको छ । विभागले लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा बिगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भूभागको थोरै स्थानमा बिगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस […]

२०८१ बैशाख ११ गते, मंगलवार