६ लाख ट्वीटर एकाउन्ट बन्द

२०७३ चैत्र १२ गते, शनिबार

काठमाडौं,१२ चैत । सामाजिक संजाल ट्वीटरले ६ लाखभन्दा बढी ट्वीटर एकाउन्ट बन्द गरेको छ । १८ महिनाको अवधिमा आतंककारीसँग सम्बन्धित शंकास्पद ६ लाख ट्वीटर एकाउन्ट बन्द गरिएको हो । प्रविधिको क्षेत्रमा काम गर्दै आएको सिएनईटीले प्रकाशित गरेको एक रिपोर्टमा ट्वीटरले १ अगष्ट २०१५ देखि हालसम्ममा ६ लाख ४० हजारभन्दा बढी आतंककारीसँग सम्बन्धित शंकास्पद एकाउन्ट खारेज गरेको जनाएको हो ।
जसमा सन २०१६ को ६ महिनाभित्र ३ लाख ७७ हजार एकाउन्ट बन्द गरिएको थियो । सन २०१६ को सुरुमै ट्वीटरले आतंककारी संगठन इस्लामिक स्टेटको १ लाख २५ हजार एकाउन्ट बन्द गर्ने घोषणा गरेको थियो । आफू आतंकवादको विरोधमा रहेको भन्दै ट्वीटरले हिंसाको प्रचारविरूद्ध कडा नियम बनाई काम भइरहेको जनाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु