१० लाख भ्रष्टाचारीलाई सजाय

२०७३ कार्तिक ९ गते, मंगलवार

काठमाडौं, ९ कात्तिक । चीनमा गत तीन वर्षमा १० लाख चिनियाँ अधिकारीलाई भ्रष्टाचारको अभियोगमा सजायँ दिइएको खुलासा भएको छ । चीनको भ्रष्टाचारसम्बन्धी निगरानी राख्ने अनुशासन केन्द्रीय समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१३ बाट हालसम्ममा १० लाख चिनियाँ अधिकारीलाई भ्रष्टाचारी ठहर्‍याई सजायँ दिइएको हो । देश बाहिर रहेका चिनियाँ अधिकारीहरुको सम्पत्ति विवरण समेत संकलन गरी तयार पारको सूचीका आधारमा उनीहरुलाई कारबाही गरिएको सो समितिको भनाई छ । सो समितिले राष्ट्रपति सी जिनपिङको ठाडो आदेशमा दण्ड जरिवाना गरेको बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु