हावाबाट बिजुली निकाल्ने तयारी

२०७३ श्रावण १० गते, सोमबार

काठमाडौं, १० साउन । सिन्धुली सदरमुकाम माढी बजारबाट पश्चिममा अवस्थित हरिहरपुरगढी गाविसमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको अगुवाईमा हावाबाट बिजुली निकाल्ने तयारी गरिएको छ । केन्द्रले एक वर्ष लगाएर हावाको गति मापनपछि ३५ किलोवाट विद्युत उत्पादन गर्न सकिने अध्ययन सार्वजनिक गरेको छ ।
अध्ययनपछि चालु आर्थिक वर्षमा काम सुरु गर्न वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, जिल्ला विकास समिति, सिन्धुली र स्थानीय उपभोक्ता समितिबीच त्रिपक्षीय सम्झौता भइसकेको जिल्ला विकास समिति अन्तर्गत उर्जा तथा वातावरण शाखाका प्रमुख सन्दीप उपाध्यायले जानकारी दिए ।
यस गाविसमा हालसम्म राष्ट्रिय प्रशारण लाइन पुग्न सकेको छैन । हरिहरपुरगढी गाविसमा यसै वर्ष काम सुुरु हुँदैछ भने जिल्लाको महादेवडाँडामा पनि वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले हावा मापन यन्त्र राखेर हावाको गति नाप्ने काम गरिरहेको छ ।
अध्ययनपछि यस गाविसमा पनि बिजुली निकाल्ने कार्य सुरु गरिने जिविस सिन्धुलीले जानकारी दिएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु