हवाइ हमलामा ६३ मारिए , दर्जनौं घाइते

२०७३ मंसिर २३ गते, बिहीबार

काठमाडौँ, २३ मंसिर । इराकमा गरिएको हवाई आक्रमणमा ६३ जना सर्वसाधारण मारिएका छन् । इस्लामिक स्टेटको कब्जामा रहेको अल कैम इलाकामा गरिएको हवाई आक्रमणमा गल्तीले उनीहरु मारिएको जनाइएको छ ।
मारिनेमा १९ बालबालिका र १२ जना महिला रहेका छन् । अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी एअर फोर्स दुबैले आक्रमण गरिरहने क्षेत्र भए पनि कसको आक्रमणमा उनीहरु मारिएका हुन् भन्ने यकिन भएको छैन । हमलामा दर्जनौं मानिस घाइते भएका छन् । आईएसको मूख्यालय मानिएको एक मस्जिदलाई लक्ष्य गरी प्रहार गरिएको मिसाइल गल्तीले ब्यस्त बजारमा खसेको जनाइएको छ । आईएसले भने यसलाई नरसंहारको संज्ञा दिँदै एक सय २० जना मारिएको जनाएको छ । आक्रमणबाट बजार क्षेत्रका भवनहरु पूर्णतः नष्ट भएको छ । – एजेन्सी

प्रतिक्रियाहरु