‘हरेक क्षेत्रमा दलालको बिगबिगी छ ‘

२०७४ फाल्गुन ७ गते, सोमबार

काठमाडौं, ७ फागुन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा सरकार दरिलो भएमात्र भ्रष्टाचारको न्यूनीकरण गर्नसकिने बताएकी छन् ।आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको ‘नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८’को सार्वजनीकरण कार्यक्रममा उनले नेपालको हरेक क्षेत्रमा दलालको बिगबिगी भएको उल्लेख गरिन् । उनले स्थीर सरकार भएमात्र देशले मुहार फेर्नसक्ने भन्दै न्याय क्षेत्रकाबारेमा आफूले बोलिरहने अवस्था नभएको बताइन् ।
कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले देशको राजनीतिक अस्थिरताले मानवअधिकार क्षेत्रमा नराम्रो असर पुगेको बताए । यस्तै, इन्सेक अध्यक्ष सुबोध प्याकुरेलले देशमा जस्तोसुकै समस्या भएपनि मानवअधिकारकर्मी न्यायको बाटोबाट विचलित हुन नहुने उल्लेख गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार