स्मार्टफोन बारेका भ्रम र वास्तविकता

२०७६ मंसिर १६ गते, सोमबार

काठमाडौँ, १६ मंसिर । स्मार्टफोन मानिसहरुको जीवनको अभिन्न अंग बनिसकेको छ । विश्वमा मानिसहरुको संख्या भन्दा मोबाइल फोनको संख्या बढी भइसकेको छ । तर पनि स्मार्टफोनका विषयमा विभिन्न खाले अफवाह तथा भ्रान्ति वा गलत बुझाइहरु छन् । यस्ता भ्रान्तिहरुको वास्तविकता नबुझिकन हामी पनि हल्लाको पछि लाग्दछौँ र डराउछौँ ।
स्मार्टफोनको बारेमा रहेका केहि भ्रम र वास्तविकता ः
१. विमानमा यात्रा गर्दा स्मार्टफोन बन्द गर्नैपर्छ नत्र भने स्मार्टफोनको तरंगले विमानको प्रविधिमा असर गर्छ र विमान दुर्घटनामा पर्नसक्छ भन्ने धारणा सुनिन्छ । तर यो पूर्णतः गलत मान्यता हो । विमानमा प्रयोग हुने प्रविधि यतिधेरै विकशित भैसकेको छ की यसलाई मोबाइलको तरंगले कुनै असर पार्न सक्दैन । त्यसैल तपाईंले जहाजभित्र मोबाइल फोन अफ गरिरहनु पर्दैन मज्जाले प्रयोग गर्न सक्नुहुन्छ ।
२. पेट्रोल पम्पमा तेल भरिरहेको बेला मोबाइलको स्वीच अफ गर्नुपर्छ भन्ने धारणा पनि छ । पेट्रोल पम्पमा तेल भरिरहेको बेला मोबाइल चलाउँदा त्यसबाट उठ्ने तरंगले झिल्का पैदा गर्ने र आगलागी हुनसक्ने जोखिम रहने भ्रान्ति रहिआएको छ । तर यो दाबी पूर्णतया गलत हो । मोबाइलको तरंगलका कारण झिल्का उठेर कहिल्यै पनि आगो लाग्दैन । कहिलेकाहीँ ब्याट्रीको खराबीका कारणले ब्याट्री पड्किँदा चाहीँ नजिकै रहेका प्रज्जवलनशील पदार्थमा आगो लाग्नसक्छ ।
३. धेरैबेर चार्ज गर्दा ब्याट्री पड्किन्छ भन्ने भनाई पनि असत्य हो । मोबाइल फोन रातभर चार्जमा राखेर सुत्नुहुन्न, बढि चार्ज भएर पड्किन्छ भन्ने मान्यता छ । तर यो गलत यस मानेमा हो की स्मार्टफोनमा यस्तो प्रविधि हुन्छ जसले ब्याट्री फुल चार्ज भएसँगै चार्जिंग आफै बन्द गरिदिन्छ । त्यसैले ब्याट्री ओभरचार्ज हुने भन्ने हुँदैन ।
४. ब्याट्री जति ठूलो भयो उसको चार्ज पनि धेरै खप्दछ भन्ने मान्यता पनि छ । तर यो पनि वास्तविकता होइन । ब्याट्री लाइफसँग ब्याट्रीको साइजको कुनै लिनुदिनु छैन । यो त ब्याट्रीको क्षमताको कुरा हो । ब्याट्रीको क्षमता जति धेरै मिलिएम्पिएर आवर हुन्छ उति नै धेरै समयसम्म ब्याट्रीको चार्ज टिक्दछ ।
५. पाइरेट ब्राउजिंग सुरक्षित हुन्छ ? हुँदैन । जब तपार्इँले आफ्नो स्मार्टफोनबाट कतिपय गोप्य जानकारी हासिल गर्नका लागि पाइरेट ब्राउजर तथा साइट प्रयोग गरी इन्टरनेट चलाउनुहुन्छ । आफ्नो सर्च हिस्ट्रीको बारेमा अरुलाई जानकारी नभएको भनेर ढुक्क बन्नुहुन्छ । तर वास्तवमा त्यस्तो हुँदैन । तपाईंको सर्चका विषयमा टेलिकम अपरेटरलाई जानकारी हुन्छ । अर्थात् पाइरेट ब्राउजिंग पनि सुरक्षित हुँदैन ।
६. के मोबाइल चार्ज भइरहेको बेला मोबाइलमा कुराकानी गर्नु हानिकारक हुन्छ ? यो पनि भ्रम नै हो । चार्ज गरिरहेको बेला मोबाइलबाट कल गर्दा वा फोन उठाएर कुराकानी गर्दा मोबाइल पड्किन्छ भन्ने मान्यता छ । तर यो होइन । चार्जमा राखेको बेला कल गरेको कारण मोबाइल पड्केको नभई ब्याट्रीको खराबीका कारण यस्तो भएको हो ।
७. के मोबाइल फोनले बाँझोपन गराउँछ ? मोबाइल फोनको विकिरणले प्रजनन् कोषमा नकारात्मक असर पु¥याउने भएकाले यसले मानिसमा बाँझोपना समेत ल्याउन सक्ने जोखिम रहेको भन्ने खालका मान्यता पनि छन् । त्यसैले मोबाइल फोनलाई गुप्तांगको नजिक पर्नेगरी अर्थात् पाइन्टको गोजीमा राख्नु हुँदैन भनिन्छ । तर यो पूर्ण सत्य होइन । विश्वका ब्राण्डेड तथा चर्चित स्मार्टफोन निर्माताहरुले आफ्नो स्मार्टफोन बजारमा ल्याउनुभन्दा पहिले त्यसको विकिरण परीक्षण गराउनुपर्छ । एसएआर टेस्ट भनिने त्यस्तो परीक्षणका क्रममा मोबाइल फोनको विकिरण मानिसलाई असर पु¥याउने खतरनाक स्तरमा नरहेको कुराको ग्यारेन्टी गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु