स्कुलमा तालिबानी हमला ,१५० जना मारिए

२०७१ पुष २ गते, बुधबार

काठमाडौ । पाकिस्तानको उत्तरपश्चिमी सहर पेसाबरस्थित एक सैनिक स्कुलमा मंगलबार बन्दुकधारी तालिबान लडाकुले गरेको आतंकवादी हमलामा सयभन्दा बढी बालबालिकासहित कम्तीमा १ सय ५० जना मारिएका छन्। तालिबानी हमलामा स्कुलमा अध्ययरत १ सय ३२ जना विद्यार्थी र ९ जना कर्मचारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। घटनामा २ सय ४५ भन्दा बढी विद्यार्थी घाइते भएको समाचार एजेन्सीहरूले जनाएका छन्। आक्रमण हुँदा स्कुलमा करिब ५ सय विद्यार्थी थिए।
यसैबीच हिजो सैनिक विद्यालयमा भएको आक्रमणमा परी मृत्यु हुनेहरुको अन्त्येष्टि गर्न थालिएको छ । झण्डै डेढसय जनाको ज्यान जाने गरी हिजो उत्तरी पाकिस्तानको पेशावरस्थित विद्यालयमा तालिवानी आक्रमण भएको थियो ।
घटनामा अधिकांश विद्यार्थीहरुको मृत्यु भएको हो भने केही विद्यालयका कर्मचारी र शिक्षकहरु मारिएका हुन् । मारिएकाहरुको अन्त्येष्टी गर्न थालिएको बिबिसीले जनाएको छ । अन्तर्राष्ट्रिय क्षेत्रबाट भर्त्सना गरिएको घटनाप्रति नेपाल सरकारले पनि दुःख व्यक्त गरेको छ ।

प्रतिक्रियाहरु