साउन १ गतेबाट इम्बोष्ड नम्बर प्लेट लगाउन सुरु

२०७७ असार २१ गते, आईतवार

काठमाडौँ , २१ असार । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै साउन १ गतेबाट इम्बोष्ड नम्बर प्लेट लगाउन सुरु गर्ने जनाएको छ । विभागले साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र उक्त नम्बर प्लेट लिन सवारी साधनको राजस्व अनिर्वायरुपमा तिरेको हुनु पर्ने जनाएको छ । विभागले पहिलो चरणमा बागमती प्रदेशमा रहेको यातायात व्यवस्था कार्यालयहरुबाट इम्बोष्ड नम्बर प्लेट जडान गर्ने छ । सवारीसाधनमा इम्बोष्ड नम्बर प्लेट जडानका लागि अनलाइनबाटै आवेदन दिन सकिने छ ।
विभागले जारी गरेको सूचनामा मोटरसाइकल तथा स्कुटरको लागि २ हजार ५०० रुपैयाँ, तीन पाङ्ग्रे सवारीसाधनको लागि २ हजार ९०० रुपैयाँ, साना मझौला जीप, कार र भ्यानको लागि ३ हजार २०० रुपैयाँ र त्यसभन्दा माथिका सवारीसाधनमा ३ हजार ६०० रुपैयाँ लाग्ने छ ।
गत मंसिरमा सर्वोच्च अदालतले इम्बोष्ड नम्बर प्लेट अंग्रेजी अक्षरमा नै राख्न सक्ने फैसला गरेपछि दुई वर्षदेखि रोकिएको इम्बोष्ड नम्बर प्लेट जडानका लागि बाटो खुलेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु