सफ्टेक मेला सुरु हुदै

२०७१ भाद्र २६ गते, बिहीबार


काठमाडौं, २६ भदौ। आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सफ्टेक मेला सुरु हुँदैछ । चार दिनसम्म सञ्चालन हुने मेलामा नेपालमा विकसित विभिन्न सफ्टवेयर तथा यसको प्रयोगका बारेमा जानकारी दिइनेछ ।कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गर्न लागेको मेलाको संविधानसभा अध्यक्ष सुभास नेम्बाङले एक कार्यक्रमका बीच आज उद्घाटन गर्नेछन् ।
मेलामा सˆटेवर, सोलुसन तथा कम्युनिकेसनसँग सम्बन्धित विभिन्न सेवाहरु पाउन सकिनेछ । मेलामा ५५ वटा कम्पनीका एक सय ४२ स्टल रहने छन् । नेपालमा विकसित सˆटवेयर, यसको प्रयोग, आइटीसम्बन्धी सेवा, सुविधासँगै त्यसको जानकारी दिने र मोबाइल एप, मोबाइल कम्पनी, सेक्युरिटी सोलुसन, पावर सोलुसन, भर्चुलाइजेसन जस्ता सेवा रहने क्यानले जनाएको छ ।
मेलाको प्रवेश टिकटदर सर्वसाधारणलाई ५० र विद्यार्थीलाई २५ रुपैयाँ तोकिएको छ । त्यस्तै सामुदायिक विद्यालयका विद्यार्थीले निःशुल्क प्रवेश पाउने छन् ।मेला एक लाख ५० हजारले अवलोकन गर्नुका साथै सूचना प्रविधिसँग सम्बन्धित ज्ञान लिने आयोजकको अपेक्षा छ ।

प्रतिक्रियाहरु