सञ्चारमन्त्री महिला-मदिरामा बिकेको आरोप

२०७३ माघ ६ गते, बिहीबार

काठमाडौँ, ६ माघ । सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले हरेक निर्णयमा पार्टी निकट पत्रकारहरुलाई बाइपास गर्ने गरेको प्रेस सेन्टरका नेताहरुले आरोप लगाएका छन । आजको मन्त्रिपरिषद्बाट रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेशकुमार कार्कीलाई नियुक्त गरेसँगै प्रेस सेन्टरका नेताहरु थप आक्रोसित भएका छन् । रेडियो नेपालको कार्यकारी कार्यकारी निर्देशकमा माओवादीका एक्ला उम्मेदवार दिपेन्द्र रोकायालाई नियुक्त गर्न प्रेस सेन्टरका नेताहरुले मन्त्री कार्कीलाई दबाब दिँदै आएका थिए । तर, मन्त्री कार्कीले जसरी पनि सुरेशकुमार कार्कीलाई नियुक्त गर्ने अडान लिएका थिए । यसअघि प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट उक्त प्रस्ताव फिर्ता गरिदिएका थिए ।
मन्त्री कार्की महिला, मदिरामा विकेका कारण पार्टी निटक पत्रकारहरुलाई दु्श्मन देख्न थालेको प्रेस सेन्टरका एक नेताले गम्भीर आरोप लगाए । ‘मन्त्री हाम्रै पार्टीका हुन् तर उनी महिला र मदिरामा बिकिसकेका रहेछन्’ उनले भने । उनले रेडियो नेपालमा नियुक्ती पाएका कार्कीले मन्त्री कार्कीलाई महिला र मदिरामा फसाएको बताए ।
‘हामीले मन्त्रीका गतिविधिबारे प्रधानमन्त्रीलाई पनि भनिसकेका छौँ, र संगठनमा पनि छलफल गरिरहेका छौँ, यस्ता गतिविधि जारीरहे साथीहरु कालोमोसो दल्न बाध्य हुनेछन्’ उनले भने । कालोमोसो दल्नुअघि पुनः एक पटक मन्त्री कार्कीलाई फिर्ता बोलाउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने बताए । केही दिन पहिले अरुकै अरुकै व्यवस्थापनमा मन्त्री कार्कीले धुलिखेल र पोखरामा रात बिताएको समेत उनको दाबी छ ।
रेडियो नेपालको कार्यकारी निर्देशकको लागि माओवादी केन्द्र निकट पत्रकार दिपेन्द्र रोकाया र सन्तोष पौडेलले प्रस्ताव पेश गरेका थिए । पौडेललाई पहिलो चरणबाटै हटाइएको थियो भने रोकाया छनौटमा परेका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सञ्चार मन्त्री कार्कीलाई पौडेललाई नियुक्त गर्न भनेका कारण उनलाई पहिलो चरणबाटै आउट गरिएको थियो ।
मन्त्री कार्कीले सरकारलाई असफल बनाउन लागेको आरोपसहित केही प्रेस सेन्टरका नेताहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्ड सँग पनि पुगिसकेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु