संसदले पारित गरेको प्रस्तावविरुद्ध भिटो प्रयोग

२०७६ बैशाख ४ गते, बुधबार

काठमाडौँ, ४ वैशाख । अमेरिकी संसदले पारित गरेको प्रस्तावविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषाधिकार भिटो प्रयोग गरेका छन् । साउदी अरेबीयाको अग्रसरतामा यमनमा भइरहेको सैनिक काबरबाहीबाट जनधनको व्यापक क्षति भएको भन्दै साउदी अरबीयालाई अमेरिकी सैनिक सहयोग रोक्न कंग्रेसले पारित गरेको प्रस्तावमा राष्ट्रपति ट्रम्ले भिटो प्रयोग गरेका हुन् । उनले आफ्नो कार्यकालमा विशेषाधिकार प्रयोग गरेको यो दोस्रो पटक हो । अमेरिकी कंङ्ग्रेसले राष्ट्रपतिको अधिकार कटौती गर्न खोजेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले कङ्ग्रेसको प्रस्ताव अनावश्यक रहेको बताएका छन् ।
अमेरिकी सांसदहरुले साउदी अरेबियाको अग्रसरतामा सञ्चालित यमन युद्धमा अमेरिकी सैन्य सहयोगको दुरुपयोग भएको भन्दै सहयोग अन्त्य गर्नेसम्बन्धी प्रस्ताव पारित गरेका थिए । राष्ट्रपति ट्रम्पको नीति विपरीत संसदमा रिपब्लीकन र डेमोक्राट पार्टीका सांसदहरुले बहुमतबाट यमन युद्धमा अमेरिकी संलग्नता अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका थिए । उक्त प्रस्तावलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र कानुनको रुप लिने प्रावधान छ । गत महिना अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा सो प्रस्ताव २४७ – १७५ ले पारित भएको थियो । ह्वाइट हाउसले संसदको उक्त प्रस्ताव दोषपूर्ण रहेको जनाउँदै यसले साउदी अरेबिया समेतका खाडी क्षेत्रसँगको द्विपक्षीय सम्बन्धमा समस्या आउने बताएको थियो ।

प्रतिक्रियाहरु