लौ आयो युवती जिस्काउनेलाई तह लगाउने एप

२०७१ कार्तिक २८ गते, शुक्रबार


काठमाडौ । भारतको कानपुर प्रहरीले एउटा यस्तो मोबाइल एप –एसओएस) विकसित गरेको छ, जसबाट मोबाइलको एउटा बटम दबाउने बित्तिकै प्रहरी कुनै पनि युवतीका सामु पुग्नेछ । चर्चिच ब्याटमिन्टन खेलाडी ज्वाला गुट्टाले प्रहरी कन्ट्रोल रुमबाट यो मोबाइल एप सार्वजनिक गरेकी हुन् ।
त्यस अवसरमा ज्वालाले भनिन्–समस्यामा परेका युवतीहरुका लागि यो सेवा लाभदायी हुनेछ । हामी चाहन्छौ कि कानपुरका साथै पुरै उत्तर प्रदेश र देशभरका युवती रमहिलाले समस्याका बेला प्रहरी सहयोग पाउन सकुन् ।
उनले भनिन्–हरेक युवतीसँग मोबाइल फोन हुन्छ । र, कुनै समस्यामा परे यो मोबाइल एपको सहयोगमा तत्काल प्रहरी सहायता पाउन सक्नेछन् ।
यसअघि कानपुर प्रहरीका एसएसपी के एस इमैनुएलले यो मोबाइल एप अर्थात एसओएसको बारेमा जानकारी दिँदै सहरमा छात्राहरु र युवतीमाथि लगातार छेडछाड बढेकाले त्यसलाई रोक्नका लागि कानपुर प्रहरीले यसप्रकारको एप –एसओएस) तयार गरेको बताए ।यो एप आफ्नो मोबाइल फोनमा डाउनलोड गरेपछि युवती र महिलाहरु कुनै युवकको छेडछाडबाट बच्न सक्ने छन् ।
प्रहरीका अनुसार कुनै समस्यामा परेका युवतीले आफ्नो एड्रोयड मोबाइल फोनमा यो एप एसओएस दबाउनुपर्नेछ । यो एप अन रहन्छ, यो अटोमेटिक रुपमा कन्ट्रोल रुममा सम्पर्कमा जानेछ। एपको माध्यमबाट युवती रहेको लोकेशन ट्रेस गरिनेछ । र, सम्बन्धित प्रहरी चौकीको डायल १००कन्ट्रोल रुमको गाडी उक्त स्थानमा तकल पुग्नेछ र महिलालाई जिस्काउने व्यक्तिलाई पक्राउ गर्नेछ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु