लेखापालको फेसबुकमा १६ जिबी अश्लील डाटा

२०७३ फाल्गुन ८ गते, आईतवार

काठमाडौं, ८ फागुन । प्रहरीले विद्युतीय उपकरण प्रयोग गर्दै अश्लील क्रियाकलापमा संलग्न एक व्यक्तिको फेसबुक अकाउन्टभित्र १६ जिबी अश्लील डेटा फेला पारेको छ । सामान्यतया साढे दुई घण्टा लामो चलचित्रको कम्प्युटर डाटा भार दुई जिबीभन्दा कम हुन्छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले अश्लील र छद्मनाममा खोलेको फेसबुक पेजमा आवाज, दृश्य र शब्दको ठूलो भण्डार जम्मा गरेका थिए । ललितपुरका सुरज बस्नेतले खोलेको उच्चारण गर्न समेत नमिल्ने पेजमा महिला, पुरूष र तेस्रो लिंगीसम्मले साटासाट गरेका तस्वीर भिडियो र वार्तालापको भण्डार फेला परेको छ । उनी महानगरीय अपराध महाशाखाको हिरासतमा छन् ।
महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले एउटा निजी कम्पनीमा लोखापालको जागिरे रहेका बस्नेतले सामाजिक सञ्जालमा अश्लील समाग्री भण्डारण गरेको पाइएको बताए । उनका अनुसार महाशाखामा रहेको साइबर सेलले बस्नेतको पेजबाट ठूलो मात्रामा व्यक्तिका गोप्य र अतिगोप्य सामाग्री बरामद गरेको हो । –नागरिक दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु