लिबियामा चरमपन्थी आक्रमण ९ जना मारिए

२०७१ माघ १४ गते, बुधबार

काठमाडौँ , १४ माघ । लिबियाको राजधानी त्रिपोलीस्थित एक होटलमा भएको चरमपन्थी आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएकोे छ।मृतकमध्ये पाँच जना विदेशी नागरिक रहेको बताइएको छ। अधिकारीहरुका अनुसार त्रिपोलीस्थित कोरिन्थिया होटलमा घुसेका कयौ हतियारधारीले होटलको रिसेप्सनमा गोली प्रहार गरेका थिए।चरमपन्थी समूहले होटल बाहिर रहेको कारमा बम विष्फोट गराएका थिए । अधिकारीहरुका अनुसार मृत्यु हुनेमा पाँच जना विदेशी नागरिक छन् । जसमा एक अमेरिकी, एक फ्रान्सेली र तीन एसियाली छन् । आक्रमणमा १५ जना सुरक्षाकर्मी घाइते भएका छन् । त्यसमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ। आक्रमणपछि बन्धुकधारीले आफैले पनि आत्महत्या गरेका छन् ।
सामाजिक सञ्जालमा इस्लामिक स्टेटसँग सम्बन्धित एकाउन्टमा लिबियामा भएको यो आक्रमणको जिम्मेवारी लिएको छ।- एजेन्सी

प्रतिक्रियाहरु