‘ललिता निवासकाण्डका मुख्य अभियुक्तलाई अख्तियारले जोगायो, अब हामी कारबाही गर्छौं ‘

२०७६ माघ २६ गते, आईतवार

काठमाडौँ, २६ माघ । नेपाल कम्युनिस्ट पार्टीले सामाजिक दायित्व र जनताको मागबमोजिम ललिता निवासकाण्डका दोषीहरूलाई कारबाही गरेपछि त्यसको बाध्यात्मक उपजका रूपमा केपी वली सरकार र सरकारी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेर मुख्य अभियुक्तहरूलाई जोगाए पनि आफूहरूले कारबाही गर्ने बताएको छ ।
पार्टी प्रवक्ता प्रकाण्डले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले सामाजिक दायित्व र जनताको मागबमोजिम ललिता निवासकाण्डका दोषीहरूलाई कारबाही गरेपछि त्यसको बाध्यात्मक उपजका रूपमा केपी वली सरकार र सरकारी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेका छन् । यसले सरकार, पार्टी र भ्रष्ट तथा कमिसनखोरहरूको अनुहार उदाङ्गो पारेको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अख्तियारले सरकार र सत्तारूढ पार्टीको प्रभाव र निर्देशनमा मुख्य अभियुक्तलाई उन्मुक्ति दिने गरी ललिता निवासकाण्डलाई किनारा लगाउन खोजेको छ । अख्तियारले सरकार, सत्तारूढ पार्टीको दबाब र निर्देशनमा उन्मुक्ति दिएका राजनीतिक, न्यायिक, प्रशासनिक क्षेत्रका ललिता निवासकाण्डका मुख्य अभियुक्तलाई हाम्रो पार्टीले उचित समयमा कारबाही गर्नेछ ।’
प्रवक्ता प्रकाण्डको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘सरकार र सरकारी पार्टीको अख्तियार र मुख्य अभियुक्त बचाउने भ्रष्ट र कमिसनखोर चरित्रका विरुद्ध उभिन सम्बन्धित सबै पक्षसँग अनुरोध गर्दछौँ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु