राष्ट्रपतिका उम्मेदवारमाथि छुरा प्रहार

२०७५ भाद्र २२ गते, शुक्रबार

काठमाडौं , २२ भदौ । ब्राजिलको राष्ट्रपतीय निर्वाचनका एक उम्मेदवारमाथि छुरा प्रहार भएको छ । दक्षिण पूर्वी राज्यको मिनास गेरिसमा आयोजित चुनावी र्‍यालीमा राष्ट्रपतीय निर्वाचनका मुख्य प्रतिस्पर्धी मानिएका जैर बोल्सोनारोमाथि छुरा प्रहार भएको हो । उनको पेटमा चोट लागेको छ । छुरा प्रहारबाट घाइते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । अस्पतालले उनको अवस्था गम्भीर भए पनि ठीक हुने अपेक्षा गरेको छ ।
बोल्सोनारोमाथि कसले छुरा प्रहार गरेको भन्ने केही खुलाइएको छैन । नश्लवादी र होमोफोबिक प्रतिक्रियाका कारण विवाद आउने गरेका बोल्सोनारो नजिकिँदो चुनावको नतिजा आफ्नो पक्षमा पार्न सशक्त ढंगले उत्रिएका थिए । ब्राजिलमा आगामी महिना राष्ट्रपतीय निर्वाचन हुँदैछ । -एजेन्सी

प्रतिक्रियाहरु